फलोअपः गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन
कास्की | बैशाख १९, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।
आफन्तका अनुसार पुनको उपचारको क्रममा आज विहान ५ बजे अस्पतालमै मृत्यु भएको हो । यसअघि उनको छोरी १८ वर्षिया सविना पुनको मृत्यु भैसकेको थियो ।
कारको ठक्करबाट बुवा र छोरीले ज्यान गुमाएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।
उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म ड्राइभरलाई नल्याउने, धर्नामा संलग्न एक आफन्तले भने, ‘कारको लापरवाहीकै कारण आज हाम्रो मान्छेले ज्यान गुमाउनु पर्याे । भोली सबैलाई पर्ने कुरा हो । दोषीलाई कडा भन्दा कडा कारवाही नभएसम्म हामी प्रर्दशन गरिरहन्छौ ।’
अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीसँग मृतक परिवार र आफन्तहरुले वार्ता गरिरहेका छन् । मृतक परिवारले फरार रहेका कार चालक मल्ललाई पक्राउ गरि कारवाही नगरेसम्म मृतक परिवारले शव नबुझ्ने अडान लिएका छन् ।

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने फरार छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

